रुसको सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिन 'जी–७' सहमत

 जेठ ३२, २०८१ शुक्रबार १५:१०:९ | एजेन्सी
unn.prixa.net

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) ले युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटाएका छन् ।

इटालीमा हिजोदेखि शुरु भएको जी–७ को ५० औँ शिखर सम्मेलनमा युक्रेनलाई सहयोग जुटाउने विषयमा सहमति जुटेको बीबीसीले जनाएको छ । यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्ने छ ।

सहमतिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो रुसका लागि हामी पछि हटेका छैनौँ भन्ने चेतावनी भएको बताउनुभएको खबरमा उल्लेख छ । यद्दपि रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर यो नतिजा ‘निकै पीडादायी’ हुने बताएको छ ।

यो वर्षको अन्त्यसम्ममा यो ऋण सहयोग जुट्ने आशा नभएको बताइएको छ । तर यसलाई युक्रेनको युद्धको तयारी र उनीहरूको अर्थतन्त्रलाई सहयोग गर्ने दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली सङ्घका सार्थ जी–७ ले झन्डै ३२५ अर्ब डलर बराबरको रुसको सम्पत्ति रोक्का गरेका थिए ।

इटालीमा चलिरहेको जी–७ शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतालाई युक्रेनले ‘ऐतिहासिक’ बताएको खबरमा उल्लेख छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधि सम्मिलित सम्मेलन भोलि शनिवारसम्म चल्नेछ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया