गण्डकीका ऊर्जामन्त्री देवकाेटा पदमुक्त

 जेठ ३२, २०८१ शुक्रबार १८:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त हुनुभएको छ । प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचनामार्फत जानकारी दिनुभयो ।

नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो । माओवादी संसदीय दलको 'ह्विप' उल्लङ्घन गर्दै यही जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बन्नुभएको थियो । तर माओवादीले ह्विप उल्लङ्घनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएपछि उहाँको सांसदसँगै मन्त्री पद पनि गएको छ । देवकोटा सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ ।

देवकोटाको निलम्बनले गण्डकी प्रदेश सभामा ५९ जना सांसद सङ्ख्या कायम भएको छ । अब पाण्डेले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा बहुमत ३० भए पुग्नेछ । अहिलेको समीकरणका सबैले मत दिएमा मुख्यमन्त्री पाण्डेलाई बहुमत पुग्ने अवस्था देखिन्छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया