वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए

 असार १, २०८१ शनिबार ७:४५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६ दशमलव ८७ प्रतिशत विन्दुमा झरेको छ ।

असारका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दु घटेको हो । त्यस्तै बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १२९ प्रतिशत विन्दु घटेको छ । ११ बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७ दशमलव ५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६ दशमलव ५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५ दशमलव ५ प्रतिशतमा झरेको छ । असार महिनामा सिटिजन्स, एभरेष्ट, कुमारी र लक्ष्मी सनराइन बैंकले जेठको भन्दा कम ब्याज दिने भएका छन् ।

यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, एनएमबी, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् । हिमालयन, माछापुच्छ्रे र नबिल बैंकले भने बढी ब्याज प्रस्ताव गरेका छन् । कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।

असार महिनाका लागि हिमालयन बैंकले मुद्दती निक्षेपमा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । माछापुच्छ्रे, एनआईसी एशिया, एनएमबी र प्रभुले ७ प्रतिशतभन्दा बढी ब्याज दिनेछन् । नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्डले अधिकतम ७ प्रतिशत ब्याज प्रस्ताव गरेका छन् । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया