टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित : यूगान्डा ९ विकेटले पराजित

 असार १, २०८१ शनिबार १०:६:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले हराएको छ । समूह ‘सी’ मा रहेको न्युजिल्यान्डको यो पहिलो जित हो । आज बिहान भएको खेलमा यूगान्डाले दिएको ४१ रनको झिनो लक्ष्य न्युजिल्यान्डले ५ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले २२ रन बनाए ।

त्यसअघि यूगान्डा १८ ओभर ४ बलमा मात्र ४० रनमा समेटिएको थियो । उसका केनेथ वाइसवाले ११ रन जोड्नुबाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि सुपर आठमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया