युरो कप फुटबलमा आज तीन वटा खेल

 असार १, २०८१ शनिबार १०:२८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका पौने ७ बजे समूह ‘ए’ का हङ्गेरी र स्वीट्जरल्यान्ड खेल्दैछन् । यो खेल जर्मनीको रेन एनर्जी स्टेडियममा हुनेछ । यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ गोल हराउँदै विजयी सुरुवात गरेको छ ।

आज हुने दोस्रो खेलमा राति पौने १० बजे समूह ‘बी’ का स्पेन र क्रोएसिया खेल्नेछन् । यो खेल बर्लिनमा हुनेछ । त्यस्तै समूह ‘बी’ कै अर्को खेलमा राति पौने एक बजे साविक विजेता इटाली र अल्बानिया सिग्नल इडुना पार्कमा खेल्नेछन् ।

जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरोकप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।

अन्तिम अपडेट: असार ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया