लण्डन टेक विकमा भएको सहभागिता सफल भयो : नास आईटी

 असार १, २०८१ शनिबार १४:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले विश्वकै ठूलो र प्रभावशालीमध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता सफल भएको दाबी गरेको छ । यही जुन १० देखि १४ तारिखसम्म ओलम्पिया लन्डनको ओलम्पियामा आयोजित प्रदर्शनीमा नास आईटीका १४ जना सदस्य कम्पनीहरूले भाग लिएका थिए ।

लन्डन टेक विक २०२४ मा कृत्रिम बौद्धिकता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता जस्ता महत्वपूर्ण विषय समावेश थिए । युएसएआईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको दाबी गरेको छ ।

सहभागी कम्पनीका प्रतिनिधिले लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पाएको बताएका छन् । यस्ता कार्यक्रमले नेपाली कम्पनीको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्‍याउनेमा सहभागीले जोड दिएका छन् ।

यस प्रकारका प्रदर्शनीले अन्तर्राष्ट्रिय आईटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथसाथै व्यापार र सहकार्यको अवसर पनि सिर्जना गर्दछ । नेपाललाई ग्लोबल टेक हबको रुपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिने नास आईटीको योजना रहेको छ । नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीको गैरनाफामूलक छाता संस्था हो । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया