कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड रुपैयाँको बजेट

 असार १, २०८१ शनिबार १७:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – कोशी प्रदेशमा सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गर्नुभएको छ ।

कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालूतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

कोशीले कृषिमा दिँदै आएको अनुदानलाई अब निरुत्साहित गरेर कृषि ऋिणको व्याजमा सहुलियत दिने, घरेलु रक्सीको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने लगायतका कार्यक्रम बजेटमा उल्लेख गरेको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया