कर्णाली प्रदेशमा ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट प्रस्तुत

 असार १, २०८१ शनिबार १८:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नुभएको हो ।

कर्णालीले पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख रुपैयाँ अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ भने चालू सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।

मुख्यमन्त्री रोगजार कार्यक्रममार्फत बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउनको लागि कर्णालीमा एक अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया