लुम्बिनीमा बजेटको आकार घट्यो, झन्डै ३९ अर्ब रुपैयाँको बजेट पेश

 असार १, २०८१ शनिबार १८:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आउँदो आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

यो चालू आर्थिक वर्षकोभन्दा दुई अर्ब रुपैयाँले थोरै हो । चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ ।

यस्तै वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड रुपैयाँ छुट्याइएको मन्त्री आचार्यले जानकारी दिनुभएको छ । स्रोततर्फ, आन्तरिक राजश्वमार्फत सात अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब एक करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व दुई अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया