सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट

 असार १, २०८१ शनिबार १८:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आज प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ । स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया