टी–२० विश्वकप क्रिकेट : इंग्ल्यान्डले नामिबियालाई हरायो, भारत र क्यानडाले अङ्क बाँडे

 असार २, २०८१ आइतबार ६:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । गएराति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न हिजोको खेल जित्नैपर्ने दबाब थियो ।

समूह 'बी' मा रहेको इंग्ल्यान्डको चार खेलमा पाँच अङ्क भएको छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा छ अङ्कसहित सुपर आठमा पुगिसकेको छ । अब इंग्ल्यान्डले सुपर आठमा पुग्न स्कटल्यान्ड र अस्ट्रेलियाबीचको खेल कुनुपर्नेछ ।

तीन खेलमा समान पाँच अङ्ककका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले अन्तिम आठमा पुग्न अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ । स्कटल्यान्ड पराजित हुँदा नेट रन रेटका आधारमा इंग्ल्यान्ड सुपर आठमा पुग्नेछ । अहिले स्कटल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल चलिरहेकाे छ । अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेकाे छ । 

हिजो बेलुका हुनुपर्ने समूह ‘ए’ को भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको छ । फ्लोरिडामा वर्षाका कारण टस समेत हुन सकेन । यो समूहबाट भारत सात अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै पाँच अङ्कका साथ आयोजक अमेरिका पनि यसअघि नै सुपर आठमा पुगिसकेको छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया