११ जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी, ५५ जिल्लामा चुनावमार्फत नेतृत्व

 असार २, २०८१ आइतबार ८:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ११ जिल्लामा हुन बाँकी रहेको हो । एमाले निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सकिएको जानकारी दिनुभयो ।

अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने उहाँले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उहाँले बताउनुभयो ।

अहिलेसम्म अधिवेशन भएका ६६ मध्ये ५५ जिल्लामा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । एमालेकाअनुसार अर्घाखाँची, रूपन्देही, दाङ, रामेछाप, रसुवा, झापा, रुकुम पूर्व, रुकुम पश्चिम, कञ्चनपुर, डडेलधुरा र मुगुमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै मजदुर विशेष जिल्ला कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले गएको फागुनदेखि जिल्ला अधिवेशन शुरु गरेको थियो । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया