राष्ट्रपति पौडेल जर्मनीको बर्लिनमा : २०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट पहिलो भ्रमण

 असार २, २०८१ आइतबार ९:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणको क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डाक्टर फ््र्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमवार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको बर्लिनमा रहेको नेपालको दूतावासले जनाएको छ । २०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण पनि हो ।

नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । राष्ट्रपति पौडेल नेतृत्वको टोलिलाई हिजो बेलुका बर्लिन विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कासहित जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।   

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया