टी–२० विश्वकप : अस्ट्रेलियाले स्कटल्यान्डलाई हरायो, साविक विजेता इंग्ल्यान्ड सुपर आठमा

 असार २, २०८१ आइतबार ९:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको छ । हारसँगै स्कटल्यान्ड सुपर आठमा पुग्न असफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अस्ट्रेलियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले दुई बल बाँकी छर्दै पाँच विकेट गुमाएर भेट्टायो । स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनाए पनि जोगाउन सकेन ।

यो खेलमा अस्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड सुपर आठमा पुग्ने समिकरण थियो । अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको थियो । अस्ट्रेलिया चार खेलमा आठ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । इंग्ल्यान्ड चार खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्यो । इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा हिजो नामिबियालाई हराएको थियो । टी–२० विश्वकपमा आज बेलुका आयरल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ ।

दुवै टोली सुपर आठको दौडबाट बाहिरिसकेका कारण आजको खेल औपचारिकता मात्र हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित नेपालले ऐतिहासिक जितसहित सुपर आठमा पुग्ने सम्भावना गुमायो । नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया