म नेपाली टिमकाे समर्थक हुँ, नेपाल जीतकाे हकदार थियाे : डेल स्टेन

 असार २, २०८१ आइतबार १३:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेल स्टेनले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेललाई प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल भनेका छन् ।

खेल सकिएपछि प्रतिक्रिया दिँदै डेल स्टेनले आफूले नेपालले जितेको देख्न चाहेको पनि बताएका छन् । आईसीसीले साझा गरेको भिडियोमा स्टेनले भनेका छन्, ‘यो हेर्नलायक खेल थियो । मलाई लाग्छ, यो यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल थियो । म दक्षिण अफ्रिकी खेलाडी भए पनि अन्डरडग (जसबाट कुनै आशा गर्न सकिँदैन) टिमको समर्थक हुँ । म नेपालको जीत चाहिरहेको थिएँ ।’

डेल स्टेनले स्टेडियममा मानिसहरू रोइरहेको देखेको र यो खेलले उनीहरूका लागि कति अर्थ राख्थ्यो भन्ने महसुस गरेको बताए । उनले भने, ‘यो खेल २ सय रनको खेल थिएन । यो खेल यस्तै हो । पूरै प्रतियोगिताभरि यसको चर्चा हुनेछ । यदि नेपालले जितेको भए उत्कृष्ट हुन्थ्यो । नेपाल जीतको हकदार थियो ।’

हिजो बिहान किङ्ग्सटाउनमा भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले हार्दै इतिहास रच्नबाट चुकेको थियो । दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको नेपालले जवाफी ब्याटिङमा ७ विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो । यो हारसँगै नेपाल सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया