खडेरीले बारीमा मकैका बाेट सुक्न थाले

 असार २, २०८१ आइतबार १८:४२:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वमा धेरै पानी परेर बाढी पहिरोले सताउन थाले पनि पश्चिम नेपालमा भने खडेरी परेको छ । पश्चिम तराईका जिल्लामा चर्को गर्मी छ । मनसुन आज बल्ल मधेश प्रदेशको पूर्वी भागमा पुगेकाले पश्चिम नेपालको खडेरी अझै केही दिन बाँकी नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असार लागिसक्दा पनि वर्षा नभएपछि म्याग्दीलगायत पश्चिम नेपालका बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय फागुन, चैतमा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, म्याग्दीको मालिका गाउँपालिका–४ का  हिमबहादुर विकले बताउनुभयो ।

हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर विकले बताउनुभयो । खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नाश गर्न थालेका छन ।

आज भने म्याग्दीका केही ठाउँमा पानी परेको छ । मौसम तातिरहेको र गर्मीले हैरान बनाइरहेकाले जनजीवन प्रभावित बनेको किसानको भनाइ रहेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयको भनाइ छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया