टी–२० विश्वकपमा भोलि बिहान नेपाल र बङ्ग्लादेश खेल्दै

 असार २, २०८१ आइतबार १८:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र बङ्ग्लादेश खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुनेछ ।

दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि भोलिको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । बङ्ग्लादेशको भने ‘सुपर–८’ मा पुग्ने सम्भवना कायमै छ ।

यदि बङ्ग्लादेशले नेपाललाई हराएमा ऊ सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर बङ्ग्लादेश नेपालसँग हारेमा समूहको अर्काे अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यो खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई ठूलै अन्तरमा हराए ऊ दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहनेछ ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । प्रतियोगितामा आज राति सवा ८ बजे फ्लोरिडामा समूह ‘ए’ का पाकिस्तान र आयरल्यान्ड खेल्दैछन् । यी दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया