टी–२० विश्वकप : नेपाल र बङ्ग्लादेशबीचको खेल शुरू, नेपाल टस जितेर बलिङमा

 असार २, २०८१ सोमबार ५:२२:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र बङ्ग्लादेशबीचको खेल सुरु भएको छ । वेस्ट इन्डिजको किङ्ग्सटाउन नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । बङ्ग्लादेशले ब्याटिङ थालेको छ । नेपालका सोमपाल कामीले बङ्ग्लादेश हसनको विकेट लिएका छन ।

पहिलो  दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर आजको खेलमा नेपाललाई इतिहास रच्ने अवसर पनि छ । आजको खेल जित्दै सुपर आठमा पुग्ने बङ्ग्लादेशको सम्भावना भने कायमै छ ।

नेपाललाई हराएमा बङ्ग्लादेश सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर नेपालसँग हारेमा समूह ‘डी’ कै अर्को खेल अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यति बेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टेस्ट मान्यता प्राप्त देशसँग यसअघि १२ वटा टी–२० खेलेको नेपालले जित्न सकेको छैन ।

आज बङ्ग्लादेशलाई  हराउन सकेमा नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन हुनेछ । टी–२० विश्वकपमा भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया