भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

 असार ३, २०८१ सोमबार ६:३२:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा गङ्गा नदीमा १७ जना श्रद्धालु बोकेको डुङ्गा पल्टिएको हो । दुर्घटनामा ११ जनाको सकुशल उद्धार भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा हिजो दुर्घटना भएको थियो । बारहका एसडिएम शुभम कुमारले सकुशल उद्धार गरिएको ११ जनाको स्वास्थ्य ठिक रहेको र बेपत्ता ६ जनाको खोजी भइरहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया