टी–२० क्रिकेटमा सन्दीप लामिछानेको सय विकेट : सय विकेट लिने पहिलो नेपाली खेलाडी

 असार ३, २०८१ सोमबार ६:५७:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नेपालका सन्दीप लामिछानेको टी–२० क्रिकेटमा एक सय विकेट पुरा गरेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशको दुई विकेट लिएसँगै उनीले टी–२० मा एक सय विकेट पुरा गरेका हुन् । सन्दीपको टी–२० यो ५४ औँ खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसअघि दक्षिण अफ्रिकासँगको खेलमा उनी विकेटबिहिन भएका थिए । छिटो एक सय विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खान छन् । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप दोस्रो खेलाडी हुन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया