आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो

 असार ३, २०८१ सोमबार ७:१८:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएको छ। गएराति भएको खेलमा आयरल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे। कप्तान बाबर आजमले सर्वाधिक ३२ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । उसका ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाए । समूह ‘ए’ मा पाकिस्तान ४ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट भारत र आयोजक अमेरिका यसअघि नै सुपर आठमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया