दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी

 असार ३, २०८१ सोमबार ९:२०:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्विपीय क्षेत्रमा आफ्नो दाबी गरेको छ। फिलिपिन्सले दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको भन्दै संयुक्त राष्ट्र सङ्घमा औपचारिक रूपमा दर्ता गरेको फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ ।

यो क्षेत्रमा विशेष अधिकार सुरक्षित गरेर त्यहाँका प्राकृतिक स्रोतहरूको दोहन गर्ने उद्देश्यले फिलिपिन्स अघि बढेको बताइएको छ । यस क्षेत्रमा फिलिपिन्स र चीनबीचको विवाद निरन्तर बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश भूभागमा आफ्नो दाबी गर्दै आएको छ ।

पछिल्लो समय चीनले आफ्नो तटरक्षक बलहरूलाई यो  क्षेत्रमा शंकास्पद रुपमा भेटिएका जोकोही विदेशीलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्ने अधिकार दिएको छ । चीनले दक्षिण चीन सागरका धेरै चट्टानहरूलाई सैन्य प्रयोगका लागि कृत्रिम टापुमा परिणत गरेको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया