नेपाल पराजित भएसँगै विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

 असार ३, २०८१ सोमबार १०:२३:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो ।

टी–२० विश्वकपमा समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुगे ।

दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । दुई वटा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आज भएको समूह ‘डी’ को अर्को खेलमा श्रीलङ्काले सुखद अन्त्य गरेको छ । उसले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो । आज बेलुका समूह ‘सी’ का न्युजिल्यान्ड र पपुवा न्यू गिनी (पीएनजी) खेल्दैछन् ।

त्यस्तै अब समूह ‘सी’ मा अफगानिस्तान र वेष्टइण्डिजको अन्तिम खेल भोलि मङ्गलवार हुनेछ । समूह ‘डी’ मा रहेको नेपाल ४ खेलमा १ अङ्कका साथ समूहको पुछारमा रहेर बाहिरियो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया