ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति, आजैदेखि इन्धन आपूर्ति शुरु हुने

 असार ३, २०८१ सोमबार १५:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि पेट्रोलियम पदार्थको ढुवानी नियमित गर्ने सहमति भएको हो । सहमतिपत्रमा सङ्घका अध्यक्ष ईश्वर लामा र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सङ्घले राखेको सात बुँदे मागको सम्बोधन गर्न निगमका नायब कार्यकारी निर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस्तै निगमले व्यवसायीलाई दिँदै आए बमोजिमको पारिश्रमिक र सुविधा चालक, सहचालक र मजदुरलाई उपलब्ध गराउने सहमति भएको छ ।

यससँगै सङ्घले आजैदेखि आन्दोलन फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति बनेको हो । थानकोट डिपोबाट निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति शुरु भइसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

ढुवानी रोकिँदा आज काठमाण्डौ उपत्यकाका निजी पम्पहरू बन्द थिए भने सरकारी निकायका पम्पहरूमा पेट्रोल भर्नेको लामो लाइन थियो । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत सत बुँदे माग राखेर आइतवारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया