नेपालका कप्तान र बङ्ग्लादेशका बलरबीच के भएकाे थियाे ?

 असार ४, २०८१ मंगलबार १५:९:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बङ्ग्लादेशका बलर तन्जिम हसन सकिबसँग भएको नोकझोकबारे प्रष्टीकरण दिएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले तन्जिमसँग खासै त्यस्तो केही नभएको बताएका छन् । ‘तन्जिम आएर आफ्नो बलमा रन जोड्न भने र मैले जाऊ बलिङ गर भने । अरू त्यस्तो केही भएको होइन’, रोहितले भने ।

कप्तान रोहितले तन्जिमको प्रशंसा पनि गरेका छन् । ‘उनले निकै राम्रो बलिङ गरे । उनले हामीलाई दबाबमा राखे । उनको बलमा हामीलाई रन जोड्न गाह्रो भइरहेको थियो’, उनको भनाइ थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्ग्लादेशसँगको त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । बङ्ग्लादेशका बलर तन्जिमले हसनले ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ७ रन मात्रै दिएका थिए । त्यो खेलमा उनी ‘प्लेअर अफ द म्याच’ चुनिएका थिए । यो जितसँगै बङ्ग्लादेश टी–२० विश्वकपको दोस्रो चरणमा पुगेको थियो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया