राहुल गान्धीले वायनाड छाड्ने, प्रियङ्का गान्धीलाई उम्मेदवार बनाउने निर्णय

 असार ४, २०८१ मंगलबार १५:३८:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू निर्वाचित भएको क्षेत्र वायनाड छाड्ने हुनुभएको छ ।

राहुल गान्धीले केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट लोकसभा चुनाव जित्नुभएको थियो । अब गान्धीले वायनाडको सिट खाली गर्ने र उहाँकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीलाई त्यहाँको उपचुनावमा उम्मेदवार बनाउने भारतीय कांग्रेसले जनाएको छ ।

कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रियङ्का गान्धी वायनाडबाट चुनाव लड्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै पत्रकार सम्मेलन गर्दै नेता राहुल गान्धीले आफूले एउटा सिट रोज्नैपर्ने भएकाले वायनाड छाडेको तर त्यहाँ जान नछाड्ने बताउनुभएको छ । यस्तै प्रियङ्काले पनि आफ्ना लागि रायबरेली र अमेठी निकै प्रिय ठाउँ भएकाले त्यहाँ पनि गइरहने बताउनुभएको छ ।

प्रियङ्का गान्धीले उम्मेदवारको रूपमा पहिलो पटक चुनावमा भाग लिनुहुनेछ । प्रियङ्काले वायनाडका नागरिकलाई राहुल गान्धीको अभाव महसुस गर्न नदिने बताउनुभएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया