युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी

 असार ५, २०८१ बुधबार ६:१९:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोकप फुटबलमा पोर्चुगल र टर्की विजयी भएका छन् । जर्मनीमा भइरहेको प्रतियोगितामा गएराति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । लाइपजिगमा भएको खेलमा पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । उसले एक गोल उपहार पायो ।

चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे । यो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् तर उनले ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । सन् २००४ देखि युरोकपमा सहभागी रोनाल्डो त्यसपछि लगातार छैठौँ पटक सहभागी भएका छन् ।

जितसँगै पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल समूह ‘एफ’ को दोस्रो स्थानमा छ । यो समूहमा टर्की तीन अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै यही समूहको अर्को खेलमा टर्कीले जर्जियालाई ३–१ गोलले पराजित गर्‍याे ।

युरोकपमा आज दोस्रो चरणको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् । यसअघि भएको पहिलो चरणको खेलमा क्रोएसिया स्पेनसँग र अल्बानिया इटालीसँग हारेका थिए ।

यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् । यसअघि जर्मनीले स्कटल्याण्डलाई हराएको थियो भने हङ्गेरी स्वीट्जरल्याण्डसँग पराजित भएको थियो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया