टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ का खेल आजदेखि : पहिलो खेलमा अमेरिका र दक्षिण अफ्रिका खेल्दै

 असार ५, २०८१ बुधबार ७:९:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि दोस्रो चरण अर्थात् ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । ‘सुपर–आठ’ को पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ ।

नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो । अमेरिका सुपर–आठमा पुग्ने एक मात्र एसोसियट टोली हो । एसोसियट टोली नेपाल, ओमान, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्यूगिनी (पीएनजी) र नामिबिया पहिलो चरणबाटै बाहिरीए ।

१० वर्षपछि विश्वकप खेलेको नेपाल समूह ‘डी’ मा एक अङ्कमात्रै जोडेर बाहिरीएको हो । सुपर–आठमा आयोजक अमेरिका र वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका, भारत, अफगानिस्तान, बङ्गलादेश, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया पुगेका छन् ।

‘सुपर–आठ’ का खेल जुन २५ तारिखसम्म चल्ने छ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ तारिखमा फाइनल खेल हुनेछ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया