नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

 असार ५, २०८१ बुधबार ७:४२:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

खेलको तेस्रो ओभरमा सकिबले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन् । नेपाल आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको थियो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया