अमेरिकाले हतियार र गोलाबारुद उपलब्ध नगराएकोमा इजरायल असन्तुष्ट

 असार ५, २०८१ बुधबार ९:४६:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुलाई हतियार र गोलाबारुद उपलब्ध नगराएको भन्दै अमेरिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँ नेतृत्वको प्रशासनले इजरायलका लागि आवश्यक हतियार र गोला बारुद उपलब्ध नगराएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

नेतान्याहुले युद्धको सुरुवातदेखि नै अमेरिकाले दिएको समर्थनलाई आफूले कदर गरेको तर पछिल्लो समय अमेरिकाले इजरायलमा हातहतियार र गोलाबारुद पठाउन ढिलाई गरेकोप्रति असन्तुष्टि रहेको बताउनुभयो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा उहाँले इजरायल अमेरिकाको सबैभन्दा नजिकको मित्र रहेको र अहिले इरानसँग लडिरहेको बताउनुभएको छ ।

ब्लिन्केनले हातहतियारबारेको अवरोधलाई हटाउन काम गरिरहेको र छिटै समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । बाइडेन प्रशासनले गाजामा सर्वसाधारणको हत्याप्रति चिन्ता व्यक्त गर्दै गएको मे महिनादेखि हतियारको आपूर्तिमा ढिलाइ गर्दै आएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया