उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

 असार ५, २०८१ बुधबार १२:५३:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि  उत्तर कोरिया पुग्नुभएका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उन प्योङयाङको विमानस्थल पुग्नुभएको थियो । यसअघि सन् २००० मा राष्ट्रपति पद सम्हालेको केही समयमै पुटिन पहिलो पटक त्यहाँ जानुभएको थियो ।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारीको टोली सहभागी छ । उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

पुटिन र समकक्षी किमबीच आज औपचारिक भेटवार्ता हुँदैछ । उहाँहरुबीच हातहतिहार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । यसअघि पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया