इजरायलले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने

 असार ५, २०८१ बुधबार १५:१८:४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इजरायल सरकारले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक भित्र्याउने निर्णय गरेको समाचार संस्था फिलिपिनले जनाएको छ ।

इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गएको मे १५ तारिखमा उच्चस्तरीय समिति बनाउनुभएको थियो । इजरायलले सबैभन्दा धेरै कृषि क्षेत्रमा ६५ हजार जना भित्राउने निर्णय गरेको छ । अक्टोबर ७ मा हमासको आक्रमण हुनु अघि इजरायलको कृषि क्षेत्रमा २९ हजार नौ सय जना विदेशी कामदार थिए ।

उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना भित्राउने जनाएको छ । इजरायलले रेष्टुरेन्टमा पहिलोपटक विदेशी कामदार भित्राउन लागेको हो ।

अहिले ४५ हजार विदेशी कामदार रहेको केयर गिभर क्षेत्रमा भने यस पटक कामदार भित्राउने निर्णय भएको छैन । यस्तै कुन–कुन देशबाट कामदार ल्याउने भन्ने निर्णय पनि नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था फिलिपिनले जनाएको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया