युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपति पौडेलको आग्रह

 असार ५, २०८१ बुधबार १५:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गर्नुभएको छ । जर्मनी समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा शुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर बिहान स्वदेश फर्कनुभएको हो । परराष्ट्रसचिव लम्सालले जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको बताउनुभयो ।

परराष्ट्र सचिव लम्सालले राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण उपलब्धिमुलक रहेको दाबी गर्नुभयो । राष्ट्रपति पौडेल स्विजरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाण्डौबाट प्रस्थान गर्नुभएको थियो ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया