तेक्वान्दो खेलाडी भरतसिंह महताले पनि पेरिस पाराओलम्पिक खेल्ने

 असार ५, २०८१ बुधबार १५:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पाराओलम्पिक–२०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पाराओलम्पिकका लागि छनोट भएका नेपाल तेक्वान्दो संघले जनाएको छ ।

विश्व तेक्वान्दोले पत्र पठाएर भरतको सहभागिता निश्चित भएको जानकारी गराएको हो । भरतले पुरुष ५८ केजी मुनि तौल समूहमा खेल्नेछन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् । छ खेलाडी वरियताका आधारमा र पाँच जना खेलाडीले छनोट चरण पार गरेका हुन् ।

पेरिस पाराओलम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको सङ्ख्या दुई जना पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् ।   

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया