युक्रेनमाथि रुसी आक्रमणको उत्तर कोरियाली नेता उनको समर्थन

 असार ५, २०८१ बुधबार १८:११:८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको समर्थन गर्नुभएको छ । उत्तर कोरिया भ्रमणमा गएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भएको झन्डै दुई घण्टाको भेटवार्तामा उनले युद्धको समर्थन गर्नुभएको रोयटर्सले जनाएको छ । यसअघि हतियार लगायत सैन्य सहयोग गरे पनि सर्वोच्च नेता उन युक्रेन युद्धबारे मौन रहनुभएको थियो ।

यसैबीच रुस र उत्तर कोरियाले एक अर्कामाथि कतैबाट आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा सम्झौता भएको बीबीसीले जनाएको छ । दुई वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेका रुसी राष्ट्रपति पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा हुनुहुन्छ ।

अमेरिका र जी–सेभेन राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्कनुभएका पुटिनले सैन्य सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको रोयटर्सले जनाएको छ । उत्तर कोरियामा २४ वर्षपछि रुसी राष्ट्रपतिको भ्रमण भएको हो । पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया