अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सुर्खेत – आइतबार ललिता बुढाले जन्माएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ ।
प्रदेश अस्पताल वीरेन्द्रनगरमा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको थियो । भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले जानकारी दिनुभयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको बताउनुभयो ।
‘मुटु फरक फरक भएकाले अब शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना छैन भन्दा पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘एउटै मुटु भएकाले श्वासप्रवास बढेको छ । आईसीयुमा राखेर उपचार गरिहरेका छौँ ।’
उहाँले परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको जानकारी दिनुभयो ।