बजेटको मूल मान्यतामै त्रुटि देखिएकाले बजेट पुनर्लेखन गर्नुपर्छ : कांग्रेस

 असार ५, २०८१ बुधबार १८:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटको मूल मान्यतामै त्रुटि देखिएको भन्दै पुनर्लेखन गर्नुपर्ने जनाएको छ । संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटको मूल मान्यतामै त्रुटि रहेको बताउनुभएको हो ।

मन्त्रीले बजेटको अधिकांश हिस्सा आफ्नो क्षेत्रमा लैजाँदा शक्तिको दूरुपयोग भएको उहाँको भनाइ छ । बजेटका विषयमा प्रतिपक्षभन्दा पनि सत्तापक्षकै सांसदले विरोध गरिरहेको भन्दै उहाँले प्रधानमन्त्रीले बजेटको पुनर्लेखन गराउनुपर्ने बताउनुभयो ।

केही मन्त्रीले आफ्नो क्षेत्रमा धेरै योजना र बजेट लगेको भन्दै सत्तापक्षकै सांसदले आलोचना गरिरहेका छन् । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि बजेट एकपक्षीय भएको बताउनुभएको थियो ।

आज पनि संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल चल्दा धेरैजसो सांसदले विरोध जनाएका छन् । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट निर्माण गर्ने क्रममा सांसदको कुरै नसुनेको भन्दै बजेट एउटा पार्टी केन्द्रित रहेको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया