साउदी अरबमा अत्यधिक गर्मी : साढे ५ सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गयो

 असार ५, २०८१ बुधबार १८:२७:१३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।

विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । हिजोसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको साउदी सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार संस्था एएफपीका अनुसार ज्यान गुमाउनेमध्ये तीन सय २० जना इजिप्टका नागरिक रहेका छन् । यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना एक सय ४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।

यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या गएको वर्षको भन्दा दोब्बरले धेरै हो । यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् । दिउँसो अत्यधिक गर्मी हुँदा बिहान र बेलुका हजको प्राथना हुने गरेको छ, त्यो बेला भीड बढ्दा कयौँले निसासिएर ज्यान गुमाएका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया