आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिगको निर्देशकका रूपमा प्रशिक्षक विनोद दास भित्रिएका छन् ।
धनगढी क्रिकेट एकेडेमीले विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकका रुपमा नियुक्त गरेको जानकारी दिएको छ ।
प्रतियोगितामा देशभरका ६ वटा टिम सहभागी छन् । जसमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स नै रहनेछन् ।
माघ १९ देखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको अनुमानित बजेट ५ करोड रूपैयाँ रहेको छ । विनोद यसअघि पीपीएलमा पोखरा पल्टनको प्रशिक्षक थिए । त्यसअघि इपिएलमा पनि उनी टेक्निकल टिममा रहेका थिए ।
डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन् । प्रतियोगितामा कुल १९ खेल हुनेछन्। प्रतियोगिता टी–२० को आधारमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।