काठमाण्डौमा ब्लुबुकमा कीर्ते गर्ने समूह सक्रिय

 असार ६, २०८१ बिहीबार १२:५५:५ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा सवारी धनी दर्ता किताब (ब्लुबुक) मा कीर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेकोले अपरिचितलाई ब्लुबुक नदिन नेपाल प्रहरीले आग्रह गरेको छ । वास्तविक सवारी धनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो सूचना निकालेर आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो । पछिल्लो समय ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चार जनालाई पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।

असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउद चावहिलबाट दुई थान कीर्ते ब्लुबुकसहित पक्राउ परेका थिए ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया