सन् २०२३ मा विश्वभर जीवाश्म इन्धनको प्रयोग अहिलेसम्मकै उच्च विन्दुमा : अध्ययन

 असार ६, २०८१ बिहीबार १५:१६:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ मा पेट्रोल, डिजल, कोइलालगायतका जीवाश्म इन्धनको खपत अहिलेसम्मको धेरै भएको छ । विश्व ऊर्जा रिपोर्टको अध्ययनअनुसार सन् २०२३ मा नवीकरणीय ऊर्जा प्रयोगम केही वृद्धि भए पनि जीवाश्म इन्धनको प्रयोगले रेकर्ड बनाएको हो ।

विश्वको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा धेरै बढ्न नदिन जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने अपरिहार्य आवश्यकताका बीचमा यसको प्रयोग बढ्नु चिन्ताको विषय भएको अध्ययन रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्टले सरकारहरू, विश्वका नेताहरू र विश्लेषकहरूलाई आउँदो चुनौतीबारे राम्रोसँग जानकारी दिएको विश्व ऊर्जा रिपोर्ट प्रकाशन गर्ने संस्था केर्नीका रोमेन डेबारेले बताउनुभएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशले रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि उनीहरूले कोइलाको प्रयोग बढाउँदा प्रदूषण झनै बढेको पनि रिपोर्टमा उल्लेख छ ।

युरोपमा औद्योगिक क्रान्तिपछि पहिलो पटक जीवाश्म इन्धनको ऊर्जाको हिस्सा ७० प्रतिशतभन्दा तल झरेको छ । तर विश्वव्यापी रूपमा जीवाश्म इन्धनको प्रयोग बढ्नु अर्को चिन्ताको विषय हो । भारतमा पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थको खपत दोब्बर भएको विषयलाई पनि रिपोर्टले चिन्ताजनक भनेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया