भारतसँग कुनै सन्धि सम्झाैता भएकाे छैन, माेदीलाई नेपाल भ्रमणकाे निम्ताे दिएकाे छु : प्रधानमन्त्री

 असार ६, २०८१ बिहीबार १५:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै पनि सन्धि सम्झौता नभएको प्रतिनिधि सभालाई जवाफ दिनुभएको  छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तथा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणको बारेमा सांसदहरूले जवाफ मागेपछि प्रचण्डले आज प्रतिनिधि सभामा जवाफ दिनुभएको हो । प्रचण्डले आफ्नो भारत भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा पाहुनाका रूपमा मात्रै भएको प्रष्ट पार्नुभएको हो ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएर मोदी प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र २०१९ मा मोदी दोस्रो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली शपथ ग्रहण समारोहमा जानुभएको स्मरण गराउँदै प्रचण्डले यस पटक मोदीको निमन्त्रणामा आफू भारत गएको बताउनुभयो ।

भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने, विगतका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयन, दुई देशबीचका संयन्त्रको बैठकलाई जारी राख्ने, कृषि क्षेत्रको विकास, पञ्चेश्वर आयोजना, माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुभयो । आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उहाँले उपयुक्त समय मिलाएर नेपाल आउने जवाफ दिनुभएको प्रचण्डले संसद्लाई जानकारी गराउनुभएको छ ।

यस्तै भारतीय उद्योगी व्यापारीहरूको सङ्गठनसँग व्यापार विस्तार र नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने विषयमा कुराकानी भएको प्रचण्डको भनाइ । यो भ्रमणले नेपाल र भारतबीच आपसी लाभ र समानताको आधारमा सम्बन्ध थप बलियो बनाउन सहयोग पुर्‍याएकाे उहाँकाे दाबी छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया