नयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण २ दिनमै ५२ जनाको ज्यान गयो

 असार ६, २०८१ बिहीबार १८:३४:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण दुई दिनमै ५२ जनाको ज्यान गएको छ । हिजो र आज ५२ जनाको शव अस्पतालमा ल्याइएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो निर्धन र गरिब थिए । उनीहरूले खुला ठाउँमा बसेर जीवन गुजारिरहेका थिए ।

गएको मार्चदेखि हिजोसम्म गर्मीका कारण भारतमा १ सय १० जनाको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि रक्तसञ्चार नहुने, हातखुट्टा बाउँडिने र मानिसको ज्यान जाने भइरहेको छ । यसलाई 'हिट स्ट्रोक' भनिन्छ ।

भारतमा यस गर्मीमा ४० हजार जनाभन्दा धेरैमा 'हिट स्ट्रोक' का घटनाहरू रेकर्ड भएका छन् । पूर्वी र उत्तर भारतमा पछिल्ला दिनमा गर्मीको लहरले जनजीवन अस्तव्यस्त बनाएको छ । गर्मीको बेलामा पानी र बिजुलीको अभावमा मानिसहरू तड्पिरहेका खबरमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले बिरामीहरूको सङ्ख्या बढेको भन्दै सङ्घीय र राज्य सरकारहरूलाई अस्पतालमा थप शय्या उपलब्ध गराउन निर्देशन दिएको छ ।

मौसम विभागले यो महिनाको तापक्रम सामान्यभन्दा माथि हुने अनुमान गरेको छ । नयाँ दिल्लीमा गएको रात ५० वर्षयताकै सबैभन्दा तातो रात मापन भएको छ । दिल्लीको न्यूनतम तापक्रम नै गए राति ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया