सहकारीका बचतकर्ताको ७७ करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भइसक्याे : प्रधानमन्त्री प्रचण्ड

 असार ६, २०८१ बिहीबार १८:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७७ करोड २४ लाख ४६ हजार चार सय ५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गराएर भुक्तानी दिइसकिएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रचण्डले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार पाँच सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार सात सय ८० रुपैयाँको दायित्व यकिन गरी यसमध्ये अहिलेसम्म ७७ करोड रुपैयाँभन्दा धेरै बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको दाबी गर्नुभयो ।

सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको प्रचण्डको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारले सङ्घीयताको मर्म विपरीत बजेट नल्याएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड रुपैयाँभन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोध्नुभएको थियो ।

सङ्घीय सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले तीन करोड रुपैयाँसम्मका आयोजना प्रदेश र पालिकाबाट कार्यान्वयन गर्ने बताउनुभएको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया