माओवादीले गरेकाे कारबाहीविरुद्ध फणिन्द्र देवकाेटा सर्वाेच्च अदालतमा

 असार ६, २०८१ बिहीबार १८:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

'ह्विप' उल्लङ्घन गरी देवकोटाले गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । त्यसपछि माओवादी केन्द्रले उहाँलाई 'ह्विप' उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीबारेको निर्णय जेठ ३२ गते  सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त हुनुभएको थियो । जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका उहाँ भोलिपल्ट नै ऊर्जामन्त्री बन्नुभएको थियो ।

देवकोटाले आज सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गर्नुभएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया