फिल्डिङ र ब्याटिङमा कमजाेरी भयाे, सुधार गर्छाैँ : कप्तान पाैडेल

 असार ६, २०८१ बिहीबार १८:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजकाे मैदान नै बलिङमैत्री रहेकाले ब्याटरलाई दोष दिन नमिल्ने बताएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा कप्तान पाैडेलले टाेलीमा आत्मविश्वास भए पनि मैदानको स्थितिले जीत हात पार्न नसकेकाे बताए । अमेरिका र वेस्ट इन्डिजकाे पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको भन्दै उनले नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे ।

उनले भने, ‘पहिलो खेलमा पनि टिममा आत्मविश्वास थियो तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिचमा कुनै टिमले राम्रो स्कोर बन्न सकेको थिएन । सबै खेलको कुरा गर्दा हाम्रा बलरले राम्रो गरे ।’

फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै कप्तान पाैडेलले आउँदा दिनमा सुधार गर्ने प्रतिबद्धता पनि जनाए । नेपालले उत्कृष्ट खेलाडी लिएर विश्वकपमा गएकाे पाैडेलले बताए । राम्रो खेल्ने खेलाडीलाई टाेलीमा सधैँ ठाउँ खुला रहेकाे उनकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया