कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २–० ले पराजित

 असार ७, २०८१ शुक्रबार ८:४३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उद्घाटन खेलमा समूह ‘ए’ बाट अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । एटलान्टामा आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको हो । अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपे ।

यही समूहमा चिली र पेरु भोलि खेल्दैछन् । यो खेल एटी एण्ड टी स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ६ बजे शुरु हुनेछ । आजदेखि शुरु भएको ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ ।

प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया