दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा

 असार ७, २०८१ शुक्रबार ९:१९:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखिएको थियो ।

यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् । बोलाएका बेला हाजिर हुनुपर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्ने सर्त अदालतले राखेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया