ट्रम्पलाई एकै व्यक्तिले दिए ५० मिलियन डलर चन्दा

 असार ७, २०८१ शुक्रबार १२:४४:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलन एक्लैले ५० मिलियन डलर बराबरको चन्दा दिनुभएको छ ।

यसअघि न्यूयोर्क अदालतले ट्रम्पलाई दोषी ठहर गरेको भोलिपल्टै मेलनले नेपाली रुपैयाँअनुसार छ अर्ब रुपैयाँभन्दा धेरै चन्दा दिने घोषणा गर्नुभएको थियो । ट्रम्पलाई चुनाव अभियानका लागि चन्दा दिनेहरुको सङ्ख्या बढ्दै गएको बीबीसीले जनाएको छ ।

त्यस्तै अर्बपति लिज र डिक उइलेनले पनि ट्रम्पलाई १० मिलियन डलर चन्दा दिनुभएको छ । चन्दा रकम बढेसँगै ट्रम्पको चुनावी अभियान पनि खर्चिलो बन्दै गएको छ । पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको खबरमा उल्लेख छ ।

मत सर्वेक्षणहरूले आउँदो राष्ट्रपतीय चुनाव ट्रम्पले जित्न सक्ने सम्भावना देखाइरहेका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया