युरोकप फुटबलमा आज तीन वटा खेल हुँदै

 असार ७, २०८१ शुक्रबार १२:४४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे स्लोभाकिया र युक्रेन खेल्दैछन् । राति पौने १० बजे पोल्यान्ड र अस्ट्रिया तथा पौने १ बजे नेदरल्यान्ड्स र फ्रान्स खेल्दैछन् ।

यसअघि गए रातिको खेलले इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा पुगेको छ । स्पेनले इटालीलाई  १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड र डेनमार्कले १–१ गोलको बराबरी खेले । अर्को खेलमा सर्बिया र स्लोभेनियाले पनि १–१ को बराबरी खेलेका थिए ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया